कोसीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

सांकेतिक तस्बिर।

राजविराज – कोसी ब्यारेजमा डुबेर शनिबार एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–६ का ४५ वर्षीय सुभाष नेपाल छन्।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोसी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए।

लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन भने सकेन। नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्