नेपाली कांग्रेस १४औँ महाधिवेशन

कास्की कांग्रेसकाे सभापतिमा किशोरदत्त बराल विजयी

गण्डकी – नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्। शनिबार सम्पन्न दोस्रो चरणकाे मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन्।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँचमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो। कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ।

कांग्रेसको २ हजार ८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो। तीमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका थिए। पहिलो चरणकाे निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत बदर भएको थियो। उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी थिए। -रासस

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्