वाईवाई डायनामाइट ब्रेक बार, दिमृति बनिन् विजेता

काठमाडौँ – यस वर्षको वाईवाई डायनामाइट ब्रेक बार सम्पन्न भएको छ । शोको फाइनल क्लब फरेनहाइटमा भएको थियो। वाईवाईको आधिकारिक यू ट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको ब्रेकबारमा दिमृतिले स्वप्निललाई हराएर अन्तिम विजेता बनिन्। त्यसैगरी बाबुले हरिपलाई पराजित गर्दै वाइल्डकार्ड जिते।

ग्रायण्ड फिनालेका विजेता दिमृतिले उपाधिसँगै नगद एकलाख पुरस्कार हात पारिन। उपविजेता स्वप्निलले भने नगद ४४ हजार रुपैयाँमा चित्त बुझाए।

नेपालभरबाट सामाजिक सञ्जालमार्फत गरिएको अडिसनबाट छनोट भएका दुई वाइल्ड कार्ड एन्ट्रीले फाइनलमा आफू र बाबुबीच भिड्ने अवसर पाएका थिए। उक्त राउण्डका विजेता बाबुले २० हजार रुपैयाँ नगद पुरस्कार जिते।

वाईवाई डायनामाइट ब्रेक बार एक र्याप रियालिटी शो हो। प्रत्येक राउण्ड विजेताका लागि नगद राशिको पुरस्कार थियो। पहिलो राउण्डका आठैजना विजेतालाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी क्वाटरफाइनलका सबै विजेताले २२ हजार नगद र सेमिफाइनलका विजेतालाई ३३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा भिटेन र सुशान्त खत्रीसँगै युनिक पोय्ट र केटीएम सौल्झा अतिथि निर्णायक थिए। कार्यक्रमको मुख्य प्रायोजन वाईवाईले गरेको थियो।

वाईवाई डायनामाइटले उपहार योजनासमेत ल्याएको छ। जसअन्तर्गत उपभोक्ताहरूले वाईवाई डायनामाइटको प्याकेटभित्र कुपन प्राप्त गर्न सक्नेछन्। उक्त कुपन पुरस्कारहरूले भरिएको छ। रोयल इन्फिल्ड सबैभन्दा ठूलो पुरस्कार हो। त्यस्तै एन्ड्रोइड टिभी, स्मार्टफोन, स्मार्टवाच, हेडफोनहरू र एयर पड्स पनि पुरस्कारको रुपमा राखिएको छ।

अन्य पुरस्कारहरूमा हुडी, टी–शर्ट, टोपी, मग र अन्य धेरै चिजहरू कुपनबाट जित्न सकिने वाईवाईले जनाएको छ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्