एमाले १०औँ महाधिवेशन

एमाले पदाधिकारीमा अहिलेसम्म क–कसको नाम निश्चित?

सौराह – एमालेको नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँगको छलफलसँगै नाम पनि टुंगो लगाउँदै गएका छन्।

स्रोतका अनुसार अहिलेसम्म सात सचिवमध्ये पाँचजनाको नाम लगभग निश्चित भएको छ। सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, विष्णु रिमाल र रघुवीर महासेठको नाम लगभग निश्चित भएको स्रोतले जनाएको छ। सचिवमा विष्ट र भट्टराई दोहोरिन लाग्दा अर्याल, रिमाल र महासेठले सचिवमा फड्को मार्न लागेका हुन्।

यस्तै वरिष्ठसहित सात उपाध्यक्षमध्ये अहिलेसम्म उपाध्यक्षमा तीन नेताको नाम लगभग निश्चित भएको छ। रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र पृथ्वीसुब्बा गुरुङको नाम उपाध्यक्षमा निश्चित भएको स्रोतले जानकारी दिएको छ। वरिष्ठ उपाध्यक्ष र बाँकी उपाध्यक्षबारे छलफल जारी छ।

महासचिवमा दाबी गरेका शंकर पोखरेल र विष्णु पौडेलमध्ये एक महासचिव तथा अर्को उपाध्यक्ष हुने सम्भावना छ।

यस्तै तीन उपमहासचिवमध्ये अहिलेसम्म प्रदीप ज्ञवालीको नाममात्रै टुंगिएको छ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्