फोटो फिचर

उता ओली सूची बनाउन व्यस्त, यता भीम रावलले तीव्र पारे प्रचारप्रसार (तस्बिरहरु)

फाेटाे फिचर

सौराह – एमालेको नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका केपी शर्मा ओली आकांक्षीहरुसँगको वार्तामा व्यस्त रहेका बेला अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता भीम रावलले भने आफ्नो प्रचार तीव्र पारेका छन्।

चितवनको सौराहमा रावल पक्षीय महाधिवेशन प्रतिनिधिहरुले पर्चा बाँडेर प्रचार गरिरहेका छन् । नेता रावलले अध्यक्षमा ओलीलाई चुनौती दिने बताएका छन् ।

अध्यक्षमा रावलको उम्मेदवारी किन भन्ने जानकारीसहितका पर्चाहरु उनी पक्षीय महाधिवेशन प्रतिनिधिहरुले बाँडिरहेका छन् ।

अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता रावलले ओली निकट नेताहरुसँग सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा पछि हट्न सक्ने सन्देश पठाएका छन् ।

तर ओली भने कुनै पनि हालतमा आफ्ना विरोधी रावल र घनश्याम भुसाललाई पदाधिकारीमा नल्याउने लाइनमा छन्।