अपराजित यूएईले छनोट हुन नेपाललाई दियो १२८ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौँ – महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले  यूएईबाट १२८ रनको लक्ष्य पाएको छ।

यूएईमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन जोडेको हो।

यूएईका लागि  चामनी सेनेभिरात्नले सर्वाधिक ५२ रन बनाइन्।  थिर्ता सतिसले ४७ रन जोडिन्।  नेपालका कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र संगीता राईले एक-एक विकेट हात पारे।

चार खेलपछि यूएई ८ अंक जोडेर शीर्षस्थानमा छ।  नेपाल र हङकङको समान ६ अंक छ।

नेट रनरेटका आधारमा नेपाल दोस्रो र हङकङ तेस्रो स्थानमा छ। नेपालले यो खेलमा कम्तिमा १० रनले विजयी भए वा १० बल बाँकी छँदा जीत हात पारे छनोट हुन सक्नेछ। त्यसका लागि आइतबार नै हुने अर्को खेलमा हङकङले कुवेतमाथि फराकिलो जीत हात हासिल गर्न भएन।

पहिलो खेलमा हङकङसँग पराजित भएको नेपालले त्यसपछि भने भूटान, कुवेत र मलेसियामाथि जीत हात पार्न सफल भएको थियो।  ६ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष टोली विश्वस्तरको छनोटमा पुग्नेछ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्