काठमाडौँ उपत्यकामा ६१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४२, ललितपुरमा १३ तथा भक्तपुरमा ६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्।

आइतबार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ६०४ पीसीआर तथा २ हजार ३१४ एन्टिजेन परीक्षण भएको छ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्