पुलिसको पहिलो जित, जावलाखेलको दोस्रो हार

शहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन पूर्व विजेता नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ।

दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १-० गोलले हरायो। पुलिसका लागि सुमन लामाले ७० औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दीको दुई खेलबाट ६ अंक छ। जावलाखेलले भने लगातार दोस्रो खेलमा हार ब्यहोरेको हो।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्