एमाले महाधिवेशन

निर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेद्वारी दर्ता राति ११ः३० देखि १२:३० बजेसम्म, चुनावको बाटो खुल्यो

सौराहा– सहमति हुन नसकेका पदमा चुनाव गराउन एमाले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सर्वसम्मत नेतृत्व चयनका लागि नाम पेश गर्न केपी ओलीलाई सार्वधिकार दिए पनि चित्त नबुझएको पदमा चुनावमार्फत नेतृत्व चयन गरिएको भएको हो।

प्रकाशित कार्यातालिका अनुसार राति ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय दिइएको छ।

राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

मतदान सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्