देशभर आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ – देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली र पहाड तथा तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

सोमबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्