घनश्याम भुसालले उपाध्यक्षमा दिए उम्मेदवारी

फाइल तस्बिर

सौराह – नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मात्रै प्रस्ताव गरेका नेता भुसालले सोमबार बिहान उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

वर्तमान उपमहासचिव भुसाललाई ओलीले आफ्नो पदाधिकारीको सूचीबाट आउट गरेका थिए। उनले महाधिवेशनको लागि एमाले उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गरेका थिए। उम्मेदवारी दिने घोषणा गर्दागर्दा ओलीले पदाधिकारीमा नसमेटेपछि उनले आज उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

६ जना उपाध्यक्षमा विष्णु पाैडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र सुवासचन्द्र नेम्वाङकाे नाम प्रस्ताव गरिएकाे छ।

उपाध्यक्ष भीम रावलले पनि आजै अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्