नेकपा एमाले १०औँ महाधिवेशन

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित

सौराह – नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल निर्विराेध भएका छन्। त्यस्तै महासचिवमा शंकर पोखरेल र उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्।

यी नेताहरुकाे नाम एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका लागि सर्वसम्मत प्रस्ताव गरेका थिए।

ओलीले आइतबार मध्यराति बन्दसत्र हलमा विभिन्न क्लष्टर मिलाएर ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए भने बिहान ३ बजे १९ जना पदाधिकारीको नाम टुंग्याएका थिए।

सार्वजनिक गरिएको सूचीका नामभन्दा अन्य व्यक्तिले उक्त पदमा उम्मेदवारी दर्ता नगराएकोले उनीहरु सर्वसम्मत चयन भएका हुन्। केन्द्रीय निर्वाचनले निर्विराेध निर्वािचत भएकाे औपचारिक घाेषणा भने गरिसकेकाे छैन।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्