सांगीतिक कार्यक्रमको जीई फेस्ट हुने

काठमाडौँ – बडवाइजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएसएस साउन्डले गोल्डस्टारसँगको सहकार्यमा जीई फेस्ट हुने भएको छ।
उक्त फेस्ट काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा मंसिर १८ गते शनिबार हुने आयोजकले जनाएको छ।

महामारीपछि मौन रहेको उद्योगलाई उक्त सांगीतक फेस्टले बढावा दिने विश्वास गरिएको छ। फेस्टको प्रमुख आर्कषणको रुपमा कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुने आयोजकले जनाएको छ।

फेस्टमा ओएसिस थापा, प्रवेशकुमार श्रेष्ठ, सुशान्त घिमिरे, समीर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्यलगायतका कलाकारसमेत आउनेछन्। नेपाली संगीतप्रेमीमाझ चर्चित बेक्चा फेस्टमार्फत पहिलोपटक आफ्ना श्रोतासामु आउन लागेको बडवाइजरले जनाएको छ।

फेस्टको प्रवेश शुल्क रु.५०० तोकिएको छ। बिहान ११ः३० बजे प्रवेश गर्न सकिने फेस्टमा विभिन्न उत्पादनका प्रदर्शन तथा बिक्री स्टलहरु पनि हुने बताइएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्