सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सांकेतिक तस्बिर।

काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार २१.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९.९७ सिमित भएको छ।

सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। आज ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८ करोड ९३ लाख ७ हजार १३३ रुपैयाँमा कारोबार भएको छ।

सोमबार हाइड्रोपावर उपसमूह ०.०१ प्रतिशत र म्युचल फण्ड ०.१२ प्रतिशतले बढेका छन् भने अन्य उपसमूह राताम्मे छन्।

कम्पनीतर्फ आज न्यादी हाइड्रोपावर लिमिटेड ९.९९ प्रतिशत, समलिङ पावर कम्पनी लिमिटेड ९.९८ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड ४.२६ प्रतिशत, कालिका पावर कम्पनी लिमिटेड ३.६७ प्रतिशत र स्वभिमान लघुवित्त संस्था लिमिटेड ३.५९ प्रतिशतले बढेका छन्।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्