थप २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २३१ पीसीआर तथा २ हजार ६५७ एन्टिजेन परीक्षण भएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्