काठमाडौँ उपत्यकामा थप ११५ जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५९ जना संक्रमित थपिएका छन् भने  एक जनाको मृत्यु भएको छ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ७ हजार २३१ पीसीआर तथा २ हजार ६५७ एन्टिजेन परीक्षण भएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्