नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालयबीच सहकार्यका लागि ऐक्यबद्धता

काठमाडौँ – निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट संस्थागत सहकार्यका लागि ऐक्यबद्धता व्यक्त भएको छ। यस सम्बन्धमा दुवै संस्था इन्डस्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन्।

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रूपमा महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले आफूहरू सहकार्य गर्न तयार भएको बताए।

इन्डस्ट्री एकेडेमिया गठन गरी सहकार्य गर्ने सहमति भएको उनले जानकारी दिए। उनले भने, ‘वास्तवमा यो दुइटा क्षेत्र नै यस्तो क्षेत्र हो जसको बलियो सहकार्य हुुन सक्यो भने मात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ।’

महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपालजस्ता अभियानलाई विशेष जोड दिई अगाडि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हँुुदा जनशक्ति विकासमा टियुबाट ठूलो सहयोग हुन सक्ने उनले बताए।

यसका लागि दुवै संस्थाबीच एउटा स्थायी खालको संरचना तयार गरेर जानुपर्नेमा जोड दिए। सो अवसरमा सोमटुुले तयार गरेको नयाँ कोर्स अफ स्टडीबारे व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीका तर्फबाट सल्लाह सुुझाव संकलन गरिएको थियो।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्वसदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए।

यस कार्यमा महासंघसँग सहकार्य हुने प्रतिबद्धतासमेत व्यक्त गरे। महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य, महासंघको वस्तुुगत परिषद्का पदाधिकारी एवं सदस्य, वस्तुुगत संघका पदाधिकारी, उद्यमी व्यवसायी, विश्वविद्यालय अनुुदान आयोगका पूर्वसदस्य सचिव, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, सहप्राध्यापक, स्नातकोत्तर अध्ययन विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा सोमटुुबाट तयार पारिएको शैक्षिक कोर्स प्रस्तुुत गरिएको थियो। सो अवसरमा सोमटुुको तर्फबाट मुुलुुकको अवश्यकताअनुुसार दक्ष जनशक्ति विकास गर्ने सोचअनुुसार कोर्स संशोधनको तयारी भइरहेको जानकारी गराइएको थियो।

कार्यक्रममा महासंघका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्स संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो। शैक्षिक कोर्स संशोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केस स्टडीमा भन्दा नेपाली सन्दर्भमा केस स्टडीमा जोड, आपूर्ति शृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोसिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइसिसलगायत विशेषलाई पनि समेट्नुुपर्ने सुुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहारोपयोगी, मुुलुकको उद्योग व्यवसाय, सीप विकासमा केन्द्रित, उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डंगोलले नयाँ कोर्स अफ स्टडीबारे जानकारी दिए।

 

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्