न्यायाधिशसँग सेटिङ छ भन्दै २० लाख लिएका व्यक्तिले मान्छे नछुटाएपछि…

काठमाडौं- जबर्जस्ती करणी उद्योग मुद्धामा पक्राउ परेका व्यक्तिलाई अदालतबाट छुटाई दिन्छु भन्दै २० लाख लिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काभ्रेको पनौती स्थायी घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २६ वर्षीया रविना थापालाई पक्राउ गरेको छ।

थापासहित दुई जनाले जबर्जस्ती करणी मुद्धामा पक्राउ परेका एक चिनियाँ नागरिकलाई छुटाई दिन्छु भन्दै २० लाख रुपैयाँ लिएको महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए। उनीहरुले अदालतका न्यायाधिशसँग आफ्नो सेटिङ रहेको भन्दै ती चिनियाँ नागरिककी श्रीमती नेपाली महिलासँग उक्त रकम लिएको प्रहरीले जनाएको छ।

तर काठमाडौं जिल्ला अदालतले आरोपी चिनियाँ नागरिकलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि आफु ठगिएको भन्दै उनकी श्रीमती महाशाखा पुगेकी थिइन्। ठगी मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्