शंकर पोखरेल महासचिवमा निर्वाचित भएपछि गृहजिल्लामा कार्यकर्ताले गरे दिपावली

दाङ– नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएपछि उनको गृह जिल्लाका एमाले कार्यकर्तामा खुसियाली छाएको छ।

दाङ तुलसीपुरको मदनआश्रित चोकमा सोमबार बेलुका दिपावली गरिएको छ। ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजय भोगेका पोखरेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यबाट स्थायी कमिटी सदस्यमा मनोनित गरेका थिए।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत भएका पोखरेलले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन्। उनलाई केपी ओलीको उत्तराधिकारीको रुपमा समेत हेर्ने गरिएको छ।

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्