यी हुन् चुनाव हुने पदहरु, जसरी राति नै मतदान गर्ने तयारी

सौराहा-  एमाले केन्द्रीय कमिटीका अध्यक्षसहित केही पदाधिकारीहरुको टुंगो लगाउन सोमबार राति नै जसरी पनि मतदान गर्ने तयारी छ।

अध्यक्षमा केपी शर्मा ओलीलाई वर्तमान उपाध्यक्ष भीम रावलले रणनीतिक चुनौती दिँदै छन् भने उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारीका कारण सर्वसम्मत गर्न खोजिएका नेताहरुले मतदानमा भाग्य परीक्षण गर्नुपर्ने अवस्था छ। उता सचिव पदका सात सीटका लागि पनि टंक कार्की र भीम आचार्यसहित ९ जनाको उम्मेदवारी छ।

त्यस्तै प्रदेश १ को खुल्लातर्फका केन्द्रीय सदस्य, सुदूरपश्चिमको खुला र महिला केन्द्रीय सदस्य, दलित खुला, थारु खुला र पिछडिएको क्षेत्रका खुला सदस्यहरुका लागि मतदान हुनेछ।

 एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबा अनुसार राति १० बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेर राति नै जसरी पनि चुनाव गर्ने तयारी आयोगको छ। ‍

मंसिर १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्