बल्ल सुरु भयो एमाले मतदान, अध्यक्ष ओली, रावल, बिष्णु पौडेललगायतले खसाले मत (तस्बिरहरु)

सौराहा- सोमबार बिहान ९ बजे सुरु हुने भनिएको एमाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तत: मंगलबार बिहान ४ बजे सुरु भएको छ।

अध्यक्ष केपी ‌ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन्। अध्यक्ष पदका दुई प्रत्यासी ओली र रावलले सँगसँगै जस्तो मतदान गरेका छन्।

मतदानका लागि अन्य प्रतिनिधिहरु पनि मतदानस्थलमा लाइन लागेका छन्।

रातभरि मतदानका लागि पर्खिएका प्रतिनिधिहरु मतदान गर्दै सुत्नका लागि होटलतर्फ जान थालेका छन्।

सबै तस्बिरहरु: बर्षा शाह

 

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्