बार्सिलोनाकी कप्तान एलेक्सियाले जितिन् बालोन डी’ओर

बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले महिला तर्फको वर्ष फुटबल खेलाडी घोषित हुँदै बालोन डी’आर अवार्ड जितेकी छन् ।

२७ वर्षकी एलेक्सियाले चेल्सीलाई ४–० ले पराजित गरेर बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा गोल गरेकी थिइन् ।

उनी सन् २०२०–२०२१ को सिजनमा युरोपमा सबैभन्दा बढी गोल गर्ने मिडफिल्डर बनिन्। उनले सबै प्रतिस्पर्धामा २६ गोल गरेकी थिइन् । उनी युइएफए महिला वर्ष खेलाडी तथा मिडफिल्डर अफ द इअर घोषित भएकी थिइन् ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्