नेइमार फेरि चोटग्रस्त, ८ हप्ता खेल्न नसक्ने

पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडी नेइमार ८ हप्ता मैदान बाहिर हुने भएका छन्।

गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएपछि उनी खेल्न नसक्ने भएका हुन् । पिएसजीले उनी कम्तीमा ८ हप्ता मैदान बाहिर रहने जनाएको छ ।

२९ वर्षका ब्राजिलियन नेइमारलाई आइतबार राति लिग वान अन्तर्गत भएको खेलको अन्तिम समयतिर स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।

नेइमारले अब लिग वानका सात तथा च्याम्पियन्स लिगमा एक खेल गुमाउने भएका छन्।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्