दाङकाे लमही सडक छेउमा एकजनाकाे शव फेला

दाङ – दाङमा एक पुरुष मृत फेला परेको छ। लमही नगरपालिका– ५ स्थित राजमार्गको उत्तर किनारमा रहेको एक ग्यारेजको पेटीमा ती पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए।

मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन। अन्दाजी ३७ वर्ष उमेरका ती पुरुषको नाम, ठेगाना खुलेको छैन।

‘मृत्युको कारण पनि खुलेको छैन’, मल्लले भने, ‘शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ।’

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्