सलमान खानलाई प्रहरीमा कुन भूमिका उत्तम लाग्छ?

फाइल तस्बिर।

बलिउड स्टार सलमान खानले बलिउडमा झण्डै ३० वर्ष बिताइसकेका छन्। उनले यो समयमा धेरै पात्रको भूमिका निभाइसकेका छन्। उनका धेरै पात्रले दर्शकलाई मनोरञ्जन दिएको छ।

सलमानको धेरै रुचाइएको भूमिकामध्ये प्रहरीको भूमिका एक हो। दबंगको चुलबुल पाण्डे लामो समय बित्दा पनि ताजा रहेको पात्र हो। अहिले उनी फेरि प्रहरीको पात्र बनी नयाँ चलचित्रमा देखापरेका छन्।

‘अन्तिम – द फाइलन ट्रुथ’ मा उनी शिख प्रहरीको रुपमा प्रस्तुत भएका छन्। तीन दिनमा १८ करोड रुपैयाँ कमाई गरेको यो चलचित्रले दर्शकको ध्यान त्यति खिच्न सकिरहेको छैन। त्यसैले पनि सलमान खान चलचित्रको प्रमोशनमा लागिपरेका छन्।

प्रहरीको धेरै भूमिका निभाएका सलमानलाई एक अन्तर्वार्तामा प्रहरीको बारेमा केही प्रश्न सोधिएको थियो। यही सन्दर्भमा अन्तर्वार्ताकारले उनलाई प्रहरीको रुपमा को मनपर्छ भनेर प्रश्न गरेका थिए। जवाफमा सलमानले आफ्नो हजुरबुवाको नाम लिए। सलमानका हजुरबा प्रहरीमा थिए।

उनले भने, ‘मैले आजसम्म गरेको प्रहरीको भूमिकामा प्रहरी जहिले पनि हिरोको भूमिकामा छ, किक चलचित्रमा मेरो पात्र पछि प्रहरी बन्छ। त्यसैले मलाई मेरो कुन भूमिका प्रहरीको रुपमा राम्रो छ भन्नेबारेमा बताउन गार्‍हाे छ। तर मेरो हजुरबुवा अब्दुल रशिद मेरो सबैभन्दा मन पर्ने प्रहरी हुन्। उहाँको निधन हुँदा मेरो बुवा सलिम जम्मा ९ वर्षका मात्र थिए। हजूरबुवा मध्यप्रदेश, इन्दौरमा डीआईजी थिए।’

सलमान खान औजार, राधे, वान्टेड, दबंग, पत्थर के फूल र गर्वलगायत धेरै चलचित्रमा प्रहरीको भूमिकामा देखिएका छन्। अहिले प्रदर्शनरत चलचित्र अन्तिममा पनि उनी प्रहरीको भूमिकामा देखिएका छन्।

यो चलचित्रमा सलमान खानसँगै आयूष शर्मा र महिमा मकवानाको पनि भूमिका रहेको छ।

 

View this post on Instagram

 

A post shared by Salman Khan (@beingsalmankhan)

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्