२० हजार लिटर डिजल बोकेको ट्यांकर पल्टियो, तेल थाप्न स्थानीयको भिड

दाङ – घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक २० हजार लिटर डिजल बोकेको ट्यांकर दुर्घटनामा परेको छ । डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ ।

डिजल भर्न स्थानीयको भिड लागेको छ । सोमबार बेलुकादेखि नै डिजल भर्नेको भिड लागेको हो । प्रहरीले डिजल भर्न रोक लगाएको भएपनि स्थानीयले नमानेको, जर्किन र ठूला ड्रम बोकेर दुर्घटना स्थलमा गएर थापेका छन् ।

नेपालगञ्जबाट घोराही स्थिति सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर दुर्घटनामा परेको थियो ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्