निकले कपडा मिलाईदिँदा प्रियंका नमुस्कुराई रहन सकिनन्

प्रियंका चोपडा पछिल्लो केही दिनदेखि चर्चाको केन्द्रमा छिन् । सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्रामबाट आफ्नो श्रीमानको थर हटाएपछि चोपडा र निकको सम्बन्धको बारेमा धेरै किसिमका अड्कलबाजी आउन थालेको थियो।

प्रियंकाकी आमा मधु चोपडाले यो खबर गलत रहेको टिप्पणी गरेकी थिइन्। तर ब्रिटिश फ्याशन अवार्ड २०२१ को रेड कार्पेटमा देखिएको यो दृश्यले यी दुईको सम्बन्धका बारेमा काटिएका अड्कलबाजीलाई गलत सावित गरिदिएको छ।

प्रियंका चोपडा ब्रिटिश फ्याशन अवार्ड २०२१ मा सबैको आँखाको केन्द्रमा थिइन् । उनी श्रीमान निक जोनसका साथ रेड कार्पेटमा उपस्थित थिइन्। यी दुईले रेड कार्पेटमा तस्बिर मात्र खिचाएनन्, एक अर्काप्रति माया दर्शाउन पनि भ्याए।

प्रियंका उक्त कार्यक्रममा सम्पूर्ण शरीर ढाकिने सुट लगाएर आएकी थिइन्। उनको लुगा किम कार्डासियनको जस्तो देखिएको थियो। निक रातो टिसर्ट र जुत्तामा कालो सुट पाइन्टमा सजिएका थिए।

प्रियंकालाई आफ्नो अंगालोमा भरेका निकले उक्त तस्बिर आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन्। उनले प्रियंकालाई संबोधन गर्दै लेखेका छन्, ‘कार्यक्रमकी स्टार’। यो अभिव्यक्तिले निकको श्रीमतिप्रतिको सम्मानलाई देखाएको छ।

 

View this post on Instagram

 

A post shared by Nick Jonas (@nickjonas)


तर यतिमा मात्रै कुरा सक्किएको छैन।

तस्बिर खिचाउने समयमा खिचिएको भिडियोमा निकले प्रियंकालाई गरेको ख्याल पनि देखिएको छ। रेड कार्पेटमा तस्बिर खिचाउनलाई यी दम्पती तयार हुन्छन्। तर रेड कार्पेटमा लतारिएको प्रियंकाको कपडा भनेजसरी फिजिदैन ।

त्यसपछि निक  प्रियंकाको कपडालाई सहि तरिकाले फिँजाइदिन्छन्। त्यसपछि प्रियंकालाई अंगालोमा हाल्न आएका निकको अनुहारमा  चमक छ। प्रियंका निकको अनुहार हेरी नमुस्कुराई रहन सक्दिनन्।

 

View this post on Instagram

 

A post shared by Jerry x Mimi 😍 (@jerryxmimi)

उनको खुशी भिडियोभरी देखिएको छ। त्यसपछि प्रफुल्लित मुद्रामा यी दुईले तस्बिर खिचाएका छन्।

 

View this post on Instagram

 

A post shared by Jerry x Mimi 😍 (@jerryxmimi)

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्