कौशी थिएटरमा आजदेखि ‘एनिमल फार्म’ मञ्चन हुँदै

तस्बिर - कथा घेरा

काठमाडौँ – टेकुको कौशी थिएटरमा मंगलबारदेखि नाटक ‘एनिमल फार्म’ मञ्चन हुँदैछ। यो नाटक अमेरिकी लेखक जर्ज अरवेलले सन् १९४५ मा प्रकाशन गरेको व्यंग्यात्मक उपन्यासको नेपाली रुपान्तरण हो।

नाटक नेपालमा कोरोना भाइरस महामारी आउनुभन्दा अगाडि नै मञ्चनको लागि तयार अवस्थामा थियो तर दुई साताको रिहर्सलपछि लकडाउन र निषेधाज्ञाको कारण नाटक मञ्चन हुन सकेन।

नाटकलाई १६ जना कलाकार सहित २० जनाको टोलीले तयार पारेको हो।

मञ्चमा आयुश निरौला, इंगिहोपो कोइच सुनुवार, ओजस्वी भट्टराई, ऋषिकेश बस्याल, प्रयास वान्तवा राई, रोशनी स्याङ्बो, रिजोन परियार, अभिषेक शर्मा, सेबिता अधिकारी, बिनिता लामा गुरुङ, मारुति सापकोटा, कवि राई, हाँस आशिष काफ्ले, निर्भिक भट्टराई, विशाल क्षेत्री, धिरज थापा मगर अभिनय गर्दैछन्।

यो नाटकको रुपमान्तरण र निर्देशन आकांक्षा कार्कीले गरेकी छन्। नाटकमा कपडाको डिजाइन सिंजिता पराजुलीले गरेकी छन्। नाटकमा संगीत शिव कँडेल र मनिश नौभागले भरेका छन्।

हरेक साँझ सवा ५ मा शुरु हुने नाटक मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म मञ्चन हुँदैछ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्