सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

आङ साङ सूकी

म्यानमार – म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ। अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो, जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो। यससँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए। दश हजारभन्दा बढी पक्राउ परेका छन्। अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो। यस मुद्धा साबित भएमा सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ। यस मुद्दाको फैसलालाई डिसेम्बर ६ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ। मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन्। अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहने जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताएका छन्। -रासस/सिन्ह्वा

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्