लागुऔषधसहित रौतहटबाट दुई जना पक्राउ

वीरगञ्ज– लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।

प्रहरीले रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने १९ वर्षीय रोशन कुमार सहनी र २४ वर्षीय टिन्कु कुमार सिंहलाई पक्राउ गरेको हो।

गौर नगरपालिका–३ स्थित अनिल मिट हाउसभित्र खाजा खान बसेका दुबै जनाको साथबाट प्रहरीले २०० पत्तामा रहेको तीन हजार पिस लागुऔषध नाइट्रोभेट र बीआर ०५ एएल ४०६९ नम्बरको मोटरसाइकल बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मल्लले बताए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्