टीट्वेन्टीपछि टेस्ट क्रिकेटमा पनि बंगलादेशविरुद्ध पाकिस्तानको शानदार सुरुवात

पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट क्रिकेट शृंखलामा विजयी सुरुवात गरेको छ। मंगलबार सकिएको पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भयो। २ सय २ रनको लक्ष्य पाकिस्तानले पाचौँ तथा अन्तिम दिन २ विकेट गुमाएर पुरा गर्‍यो।

दोस्रो पालीमा पाकिस्तानका अविद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए। उनिहरुले पहिलो विकेटका लागि एक सय ५१ रनको साझेदारी गरेका थिए। यसअघि पहिलो पालीमा ४४ रनले पछि परेको पाकिस्तानले बंगलादेशलाई दोस्रो पालीमा एक सय ५७ रनमा सिमित गरेको थियो। बंगलादेशलाई सस्तोमा समेट्न पाकिस्तानका साहिन शाह अफ्रिदी एक्लैले पाँच विकेट लिएका थिए।

पहिलो पालीमा पाकिस्तानले २ सय ८६ र बंगलादेशले ३ सय ३० रन जोडेको थियो। बंगलादेशका लिटन दास र पाकिस्तान अविद अलीले सतकीय पाली खेलेका थिए। बंगलादेश भ्रमणमा रहेको पाकिस्तानले यसअघि तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेको थियो।

 

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्