विपद् व्यवस्थापनबारे नेपाल र अमेरिकाका सेनाको संयुक्त तालिम सम्पन्न

काठमाडौं- विपद् व्यवस्थापनबारे नेपाल र अमेरिकाका सेनाको संयुक्त तालिम मंगलबार सकिएको छ।

छाउनीमा आयोजित एक कार्यक्रमबीच तालिम समापन भएको हो। उक्त तालिममा नेपाली सेनाका ४५ र अमेरिकी सेनाका १७ जना सहभागी थिए। यस्तै अन्य सरकारी निकायका चार जना सहभागी भएको नेपाली सेनाले जनाएको छ।

कात्तिक १५ गतेदेखि सुरु भएको तालिम काठमाडौं, पोखरा र अन्नपूर्ण बेश क्याम्पमा सन्चालन भएको थियो। तालिम जल उद्धार तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी विषयमा केन्द्रित भएको सैनिक जन सम्पर्क निर्देशनालयले जनाएको छ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्