अछाममा बस दुर्घटना, दुई जनाको मृत्यु

अछाम– अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका–१ बस्ने २१ वर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन। बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ। –न्युज कारखाना

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्