थप २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको छ।

मंगलबार २५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९३१ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ३२९ पीसीआर तथा २ हजार १४० एन्टिजेन परीक्षण भएको छ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्