सौराहा- एमालेको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३२० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका लागि मंगलबार सौराहास्थित बन्दसत्र स्थलमा कार्यक्रम भइरहेको छ।

कार्यक्रमका लागि आइपुगेका अध्यक्ष पदमा निर्वाचित ओलीलाई बन्दसत्र स्थलमै नेता कार्यकर्ताले फूलमाला लगाएर बधाई दिएका थिए।

पार्टीभित्रका विद्रोही भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले भने निर्वाचनमा पराजय व्यहोरेका छन्।