सौराहा- एमालेको अध्यक्ष पदका प्रतिष्पर्धा गरेका केपी शर्मा ओली र उनका प्रतिद्वन्द्वी भीम रावलबीचको भलाकुसारी निर्वाचन परिणाम सार्वजनिक कार्यक्रममा रमाइलो देखिएको छ।

उनीहरुबीच सौहार्द्रपूर्ण वार्ता हुँदै गरेको दृश्य तस्बिरमा कैद भएको छ।

पदाधिकारीमा विजयी नभए पनि भीम रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य केन्द्रीय सदस्य पदमा भने विजयी भएका छन्। यद्यपि रावलले आफ्नो प्रतिष्पर्धा अध्यक्ष पदमा रहेकाले सदस्य पदमा नरहने जानकारी निर्वाचन आयोगलाई गराएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए।

‌औपचारिक रुपमा केपी ओली विजयी भए पनि एमालेभित्र सैद्धान्तिक रुपमा भीम रावल विजयी भएको भनी चर्चा हुन थालेको छ।