जबर्जस्ती क्रिश्चियन बनाउन खोज्नेलाई २ वर्ष कैद

काठमाडौं- डोल्पा जिल्ला अदालतले जबर्जस्ती धर्म परिवर्तन गराएको कसुरमा एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । सजाय पाउने केशवराज आचार्य पाश्चर हुन्। पोखराको चिप्लेढुंगामा रहेको प्रशस्त कटनी मण्डलमा उनी पाश्चर थिए।

जिल्ला न्यायाधीश केशवराज चपाईंको एकल इजलासले डोल्पाका दुई जना महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको कसुरमा दोषी ठहर गरेको हो। मंसिर ६ गते उनलाई दोषी ठहर गरिएको थियो भने मंसिर १४ गते सजाय निर्धारण गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको हो। प्रहरीले चपाईलाई २०७७ जेठ २ गते पक्राउ गरेको थियो।

बिरामी रहेका ती दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भन्दै खिचिएको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो।  मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार  धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्