केपी ओलीले गरे एमाले अध्यक्षमा शपथ, बाँकी पदाधिकारीको शपथ ओलीबाट

सौराहा- एमाले अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

उनले सौराहामा आयोजित बन्दसत्रमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

आफूले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले केन्द्रीय सदस्यहरु तथा पदाधिकारीहरुलाई शपथ गराउने तयारी गरेका छन्।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्