गैरआवासीय नेपाली संघको निर्वाचन तालिका सार्वजनिक, अध्यक्षमा उठ्न १० लाख रुपैयाँ दस्तुर

काठमाडौं- गैरआवासीय नेपाली संघ-एनआरएनएको आसन्न निर्वाचनको तालिका सार्वजनिक भएको छ।

तालिकाअनुसार डिसेम्बर ६ तारिखमा मतदाता नामावाली प्रकाशन हुने, डिसेम्बरमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने, डिसेम्बर १८ तारिखमा उम्मेदवारको अन्तिम नामावाली प्रकाशन हुने तथा डिसेम्बर २६ र २७ तारिखमा मतदान हुने उल्लेख छ। निर्वाचनले कम्तीमा ५३ सदस्यीय समिति चयन गर्ने छ।

उम्मेदवारी दर्ता गर्न अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिवका लागि ५ लाख, कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख, महिला संयोजकका लागि ३ लाख ५० हजार र युवा संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ दस्तुर लाग्ने निर्वाचन समितिले जनाएको छ।

 

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्