कर्नले गर्‍यो नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च

काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचको घोषणा गरेको हो।

कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध छन्।

यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्रि क्यापासिटी, नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए।

‘हामीले कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु नेपाली बजारमा ल्याएका छौँ। सूपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ,’ उनले भने।

कर्नका उत्पादनहरु बेच्ने मात्र नभइ ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेको उनले बताए।

कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ को ७ हजार ९ सय ९९ रुपैयाँ, डब्लूबी ०३ को ८ हजार १ सय ९९ रुपैयाँ र डब्लूबी ०५ को ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको जनाएको छ।

सन् २०१८ मा सुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटाभन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ। नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा कर्नका सामानहरु उपलब्ध छन्।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्