ओलीलाई बधाई दिँदै बाबुरामले भनेः सद्‌बुद्धि प्राप्त होस्!

फाइल तस्बिर।

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन्।

भट्टराईले मंगलबार साँझ ट्वीट गर्दै निर्वाचनमा विजयीहरुलाई बधाई दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!’

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्