भीम रावलले केन्द्रीय सदस्यको शपथ लिएनन्

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन्।

एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी स्वत:केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने व्यवस्था छ। सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए। तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन्।

उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए। विधानअनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो।

तर, रावलले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्य पदमा नबस्ने जानकारी गराएको शपथ समारोहमा बताएका थिए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्