सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठक एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको छ।

बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले शालिन र उदाहरणीय बनेर देखाउन सबैसँग अनुरोध गरेका थिए।

उनले आगामी शनिबार केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने र मंसिर २५ र २६ गतेको अर्को केन्द्रीय कमिटी बैठकले स्थायी समिति र पोलिटब्युरो सदस्यहरु छनौट गर्ने जानकारी दिए।

उनले अब तीन तहको निर्वाचनमा एमाले केन्द्रीय कमिटी केन्द्रित हुनुपर्ने बताउँदै सरकार बनाउने दिशामा लाग्न नवनिर्वाचित सदस्यहरुसँग आग्रह गरेका थिए।