काठमाडौँ– माइती नेपालले विश्व एड्स दिवसको अवसरका दीप  प्रज्वलन गरेको छ।

राजधानीको गौशालामा माइती नेपालले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो।

हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ। यस पटक ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार ३४ औँ विश्व एड्स दिवस मनाइँदै छ।

सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।

सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।