एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले दियो महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद

सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठकले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सघाउनेहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।

एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले महाधिवेशनका क्रममा सबै तह र तप्काबाट सघाउने सबैलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर पारित गरेका थिए। त्यस्तै ओलीको प्रस्तावमा पुरानो केन्द्रीय कमिटीलाई बैठकले धन्यवाद पनि दिएको थियो।

उनले अब तीन तहको निर्वाचनमा एमाले केन्द्रीय कमिटी केन्द्रित हुनुपर्ने बताउँदै सरकार बनाउने दिशामा लाग्न नवनिर्वाचित सदस्यहरुसँग आग्रह गरेका थिए।

मंसिर १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्