मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्।

मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका दिलीप गच्छदारले १ हजार ४२५ मत पाए। मोरङमा कुल ३ हजार ५१७ मतदाता भए पनि मंगलबार भएको दोस्रो निर्वाचनमा ३ हजार ३६० जनाले मतदान गरेका थिए।

जिल्लाका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार पहिलो चरणको गणनामा लिम्बुले ८३६ मत पाएका थिए। उनका प्रतिस्पर्धी गच्छदारले ६५४ मत ल्याए।

दोस्रो चरणको निर्वाचनमा लिम्बूले १ हजार ७० मत पाएर जिल्ला सभापतिमा निर्वाचित भए। गच्छदारले भने ७७१ मत पाए। २९ मत बदर भएको मतदान अधिकृत पोखरेलले बताए।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्