जितको लयमा फर्कियो युभेन्टस

युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो ।

युभेन्टसका लागि २१ औँ मिनेटमा पाउलो डिबाला तथा ७० औँ मिनेटमा अल्भारो मोराताले गोल गरेका हुन् । डिबालाले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

युभेन्टसले यसअघि भएका खेलमा चेल्सीसँग ४–० तथा एट्लान्टासँग १–० को हार बेहोरेको थियो। मंगलबार राति भएको खेलमा जित निकालेर युभेन्टसले हारको क्रम तोडेको हो । जितपछि सातौँ स्थानको युभेन्टसको १५ खेलबाट २४ अंक भएको छ ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्