पच्चीस किलो चरेससहित बझाङबाट एकजना पक्राउ

फाइल तस्बिर

बझाङ – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छन्।

सदरमुकाम चैनपुर नजिकैको डुग्रीबजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्