बुटवलमा कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगरपालिका– ६ पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले एक समारोहबीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको संयुक्त रुपमा समुद्घाटन गरेका छन्।

ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको बैंकले जनाएको छ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसायसमेत वृद्धि हुनेमा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्