शाओमीको आधिकारिक स्टोर बुटवलमा

बुटवल – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ। बुटवलको विपीचोक – ६ मा अवस्थित योमी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ।

यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हरेक मी स्टोरसँग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागि प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुको लागि सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ। हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइनअपको धेरैभन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन्।’

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागि इमानदारीसँग अधिक महत्त्व थप्ने उत्साहलाई झल्काउने कम्पनीले विश्वास गरेको छ।

मंसिर १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्